Prakash Adhikari January 2, 2022

 

काठमाडौं, १८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुड., प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएकोछ।

उहाँले आइतबार केन्द्रीय सभापतिमा प्रतिष्पर्धा गर्नुभएका कल्याण कुमार गुरुङ,महामन्त्रीका प्रत्यासी युवा नेता प्रदीप पौडेल र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार कांग्रेसको विधान, २०१७ संशोधन सहित) को धारा २१ को उपधारा १० बमोजिम शाही, गुरुङ र पौडेललाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको हो।

१४ औँ महाधिवेशनमा गुरुड. सभापतिमा देउवासंग प्रतिस्पर्धा गर्नुभएको थियो भने युवा नेता पौडेल सभापति देउवाको समूहबाट महामन्त्रीको र मुख्यमन्त्री शाही उहाँकै समूहबाट सहमहामन्त्रीमा उम्मेदवार हुनुहुन्थ्यो।

कांग्रेस सभापति देउवाले शनिबार रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको थियो।

अघिल्लो कार्यकालमा पदाधिकारी,विभागीय प्रमुख र विभागका पदाधिकारी तथा सदस्यहरु समयमा मनोनयन नगरेर विवादमा पर्नुभएका सभापति देउवाले यो कार्यकालमा त्यस्तो गुनासोआउन नदिने प्रयास गर्नुभएको देखिएको छ ।

Share Now

Leave a comment.