Prakash Adhikari January 3, 2022

 

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रले पार्टीको अध्यक्षमा नेता प्रचण्डलाई पुनः निर्वाचित गरेको जनाएको छ।

पार्टीको आठौँ महाधिवेशनले चयन गरेको केन्द्रीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रचण्डलाई अध्यक्षमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो भने कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो ।

अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा देश र जनताको सेवा गर्ने सम्भवतः अन्तिम अवसरका रुपमा आफूले यो कार्यकाललाई लिने बताउनुभयो।

यस्तो दृष्टिकोण आफूले पार्टीको केन्द्रीय समितिको बैठकमा विगतमा नै राखिसकेको समेत उहाँले उल्लेख गर्नुभयो।

निरन्तर नेतृत्वमा

प्रचण्ड

सपथपत्रमा हस्ताक्षर गर्दै प्रचण्ड

आफैँले प्रस्ताव गरेको २ सय ३६ सदस्यीय केन्द्रीय समितिले प्रचण्डलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको हो।

तीन दशकभन्दा लामो समय पार्टी नेतृत्व गर्नुभएका प्रचण्डकै अगुवाइमा माओवादीले नेपालमा दश वर्षको सशस्त्र विद्रोह सञ्चालन गरेको थियो।

निर्वाचित भएपछि पदभार ग्रहण गर्दै प्रचण्डले आगामी कार्यकाल आफ्ना लागि चुनौतिपूर्ण रहने उल्लेख गर्नुभयो ।

उहाँले सम्भवतः उमेरका कारणले पनि नेतृत्व हाँक्ने अन्तिम अवसर भएको उल्लेख गर्नुभयो।

केन्द्रीय समिति सपथ

केन्द्रीय समिति सपथ

उहाँले ुकसैको आदेशबाट माओवादीले केन्द्रीय कमिटी चयन गरेको भन्नु गलत भएकोु उल्लेख गर्दै महाधिवेशनमार्फत बहस र छलफल गरी माओवादीले गरेको निर्णयलाई अपमान गर्न खोजिएको भन्दै असन्तुष्टि जनाउनुभयो।

यसअघि प्रचण्डले प्रस्ताव गरेका सदस्यलाई ुलालमोहर लगाउने थलोका रूपमा महाधिवेशनस्थल परिणत भएकोु भन्दै कतिपय आलोचकहरूले टिप्पणी गरेका थिए।

पार्टी अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन नै नगरी पुस २५ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरिएको बताइएको छ।

केन्द्रीय समितिलाई पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो सदस्यहरूबारे टुङ्गो लगाउने जिम्मेवारी दिइएको थियो।(बीबीसी)

 

Share Now

Leave a comment.