Prakash Adhikari January 9, 2022

 

काठमाडौं, २५ पौष । आइतबार नेपालको शेयर बजार बढेको छ । शेयर बजार मापन गर्ने परिसूचक ७३.०१ अंकले बढेर परिसूचक २७६५.४७ बिन्दुमा रोकिएको छ ।

यस दिन शेयर बजार अघिल्लो कारोबार दिन गत बिहिबारको भन्दा २.७१ प्रतिशतले बढेको छ ।

आइतबार कारोबार रकममा पनि सुधार आएको छ । यस दिन २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयरको किनबेचबाट ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबारमा जलविद्युत क्षेत्रको शेयर मूल्यको बृद्धि बढ्न गएको छ । यस दिन नेपाल हाईड्रो डेभलपर्स, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाईड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी,जलविद्युत  लगानी तथा विकास कम्पनी,  माउण्टेन इनर्जी सहित आइसीएफसी फाइनान्स र कर्पोरेट डेभलपमेण्ट बैंकको सेयरको मूल्य सकारात्मक सर्किटको तहमा बढेको छ ।

आइतबार एसबीआइको डिबेञ्चर,मिथिला लघुवित्त,सानिमा लार्ज क्याप फण्ड, एनआईबी प्रगति फण्ड,नबिल डिबेञ्चर,बोटलर्स नेपाल,चन्द्रागिरी हिल्स,आरबीबी म्युचुअल फण्ड, फस्र्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको भाउ अघिल्लो दिनको तुलनामा घटेको छ ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसपछि प्रभु बैंकको २० करोड, अपर तामाकोशीको २०करोड, शिभम् सिमेण्ट्सको १९ करोड,अरुण भ्याली हाइडे पावरको १८ करोड,नेशनल हाइड्रो पावरको १५ करोड,गोर्खा फाइनान्सको १५ करोड,नबिलको १४ करोड र एनआईसी एशियाको करिब १४ करोडको कारोबार भएको छ ।

आइतबार प्रायः सबै उपसमूहमा चमक आएको छ ।

Share Now

Leave a comment.