Prakash Adhikari January 9, 2022

काठमाडौं, २५ पौष । नेपालमा पनि कोरोनाको नयाँ लहर सुरु भएको छ । विगत केही दिनदेखि दैनिक संक्रमितको संख्या बढ्दै गएकोमा आइतबार कोरोनाको दैनिक संक्रमित संख्या हजार नाघेको छ ।

आइतबार १ हाजर १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार ६ सय ३२ नमूना परीक्षण गर्दा १ हजार १ सय ६७ संक्रमित भेटिएका हुन्। यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ।

हाल देशभरी  कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ रहेको छ। आज काठमाडौं उपत्यकामा मात्रै ६ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९१, भक्तपुरमा १५ र ललितपुरमा ९९ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ६ सय ३२ जनाको परीक्षण हुँदा एघार सय भन्दा बढी संक्रमित थपिएको आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिनुभएको हो।

प्रवक्ता मिश्राका अनुसार पीसीआर परीक्षणबाट ८ सय ४१ र एन्टिजेन परीक्षणबाट ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसै समयावधिमा निको हुनेको सङ्ख्या २ सय २४ रहेको छ ।  यस्तै सक्रिय संक्रमित सङ्ख्या समेत बढेर ६ हजार ७ सय ५५ पुगेको छ ।

Share Now

Leave a comment.