काठमाडौं,२९ पौष । नेपालका बैंकहरुमा पहिलो नम्बरमा रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ।
नबिलले प्रति सेयर ४२ रुपैयाँका दरले नेपाल बंगलादेशलाई गाभ्ने संझौता गरेको हो।
मर्जरका लागि नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ।
आइएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरीद गर्ने टुङ्गो लागेपछि मर्जरको औपचारिक सहमति बनेको हो।
सारिका चौधरीको नाममा भने मर्जरपछि मात्र सेयर नामसारी हुने छ। सारिकाले १ सय ५२ रुपैयाँका दरले आइएफआइसीको स्वामित्वमा रहेको सम्पूर्ण सेयर खरीद गर्ने हुनुभएको छ। अहिले खरीद गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले छेक्छ।
कुनैपनि नेपालीले १५ प्रतिशतभन्दा बढि सेयर किन्न पाउँदैन। मर्जरपछि एनबी बैंकको सेयर साढे ८ प्रतिशतमा झर्छ। त्यसैले मर्जरपछि नामसारी हुने गरी सहमति गरिएको छ।
बिहीबार दिउँसो दुबै बैंकको सञ्चालक समितिले सेयर आदानप्रदान अनुपात टुङ्ग्याएको थियो। यसअघि संयुक्त मर्जर समितिले अनुपात ४२ रुपैयाँ तय गरेको थियो। त्यो मूल्यलाई अनुमोदन गर्दै मर्जरको सम्झौता गर्ने निर्णय भएको थियो।
्र
नबिल बैंकको अहिले चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकको शुक्रबारको साधारणसभाले ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँले बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ।
नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी ९ अर्ब चार करोड रुपैयाँ छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ। यस हिसाबले नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुग्ने छ।
्रनेपाल बंगालादेश बैंकको प्राप्तिपछ् िनबिललाई चुक्ता पुँजीमा ४ अर्ब २३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ पुग्ने छ।
पुँजी बाहेक नबिलको जगेडा कोषमा सेयर आदानप्रदान अनुपातबाट जोगिने ५ अर्ब ८४ करोड रुपैयाँ जाने छ। यसबाहेक नेपाल बंगलादेश बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ। यो पनि एकीकृत बैंकमा जाने छ।
यस हिसाबले मर्जरपछिको नबिल बैकको जगेडा कोष ३२ अर्ब ९९ करोड रुपैयाँको हुने छ। चुक्ता पुँजी २२ अर्ब ७३ करोड रुपैयाँ जोड्दा नयाँ बैकको पुँजी कोष ५५ अर्ब ७२ करोड रुपैयाँको हुने छ। ्र


















