Prakash Adhikari January 16, 2022

 

लण्डन(संयुक्त अधिराज्य), २ माघ (बीबीसी) । ब्रिटेनको दरबारले राजकुमार एन्ड्रूका सबै राजकीय र सैन्य उपाधि महारानीलाई फिर्ता गरेको जनाएको छ।

यससँगै अब राजकुमार एन्ड्रूले दरबारको आधिकारिक हैसियत प्रयोग गर्न नपाउने हुनुभएको छ।

अमेरिकी अदालतले उहाँमाथि लागेको यौन दुर्व्यवहार अभियोगमा कारबाही अघि बढाउन सकिने आदेश दिएपछि उहाँको शाही उपाधि फिर्ता गरिएको हो।

राजकुमार एन्ड्रूले आफूमाथि लागेका अभियोग अस्वीकार गर्दै आउनुभएको छ।

राजकुमार एन्ड्रूको परिचय

एकसट्ठी वर्षीय ड्यूक अफ योर्क बेलायती महारानीका तेस्रो सन्तान हुनुहुन्छ र सिंहासनको उत्तराधिकारीको नवौँ वरीयतामा पर्नुहुन्छ।

राजकुमार चार्ल्स उहाँका दाजु हुनुहुन्छ।

उहाँले डचेज अफ योर्क सारासँग सम्बन्धविच्छेद गरिसक्नुभएको छ।

एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी हुनुहुन्छ।

राजकुमार एन्ड्रूको विवाह सन् १९८६ मा सारा फर्गुसनसँग भएको थियो
,
राजकुमार एन्ड्रूको विवाह सन् १९८६ मा सारा फर्गुसनसँग भएको थियो

राजकुमार एन्ड्रूलाई लागेको आरोप के हो ?

ड्यूक अफ योर्कलाई अमेरिकामा एक नागरिक मुद्दामा यौन दुर्व्यवहारको आरोप लगाइएको छ।

अदालतमा बुझाइएका कागजातका अनुसार भर्जिनिया जूफ्रेले आफू १६ वर्षको उमेरबाटै जेफरी एप्स्टीनबाट यौन बेचबिखन तथा दुर्व्यवहारको सिकार भएको बताउनुभएको छ।

आरोपहरूमध्ये एकमा राजकुमार एन्ड्रूसहित शक्तिशाली पदमा रहेका अरू पुरुषहरूलाई पनि दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

जूफ्रेले आफू १८ वर्षभन्दा कम उमेरको हुँदा ड्यूकले आफूमाथि तीन पटक यौन हिंसा गरेको आरोप लगाउनुभएको छ।

तर राजकुमार एन्ड्रूले आफूमाथि लागेका सबै आरोपहरू निरन्तर अस्वीकार गर्दै आउनुभएको छ।

सन् २०१९ मा बीबीसी न्युज नाइटको अन्तरवार्तामा उहाँले भर्जिनिया जूफ्रेसँग भेट भएको स्मरण समेत आफूलाई नभएको बताउनुभएको थियो।

पीडित महिला

पीडित महिला
राजकुमार एन्ड्रूले केके उपाधि गुमाउनुभयो ?

अब राजकुमार एन्ड्रूलाई हीज रोयल हाइनेश भनिने छैन।

राजकुमार ह्यारी र मेगन मर्कलजस्तै उहाँको उक्त उपाधि कायमै छ तर उहाँले आधिकारिक रूपमा त्यसको प्रयोग गर्न पाउनुहुने छैन।

ड्यूकले जलसेनामा २२ वर्ष काम गर्नुभएको थियो। उहाँले सन् १९८२ को फकल्यान्ड युद्धमा हेलिकप्टर पाइलटको काम गर्नुभयो । उहाँले आइभोरी कोस्टमा सुरुङ प्रतिरोधी युद्धपोतको नेतृत्व गर्नुभयो।

सन् २०१९ मा सार्वजनिक जिम्मेवारीबाट पछि हटेपछि उहाँको सैन्य नियुक्ति निलम्बन गरिएको थियो।

तर अहिले उहाँले यूकेको कैयन् सैन्य उपाधिहरू गुमाउनुभएको छ।

पिता राजकुमार फिलिप्सबाट सन् २०१७ मा पाएको ब्रिटिस स्थलसेनाको विशिष्ठ कर्नेल अफ ग्रिनेड गार्डस् भूमिका उहाँले गुमाउनुभयो।

राजकुमार एन्ड्रूले २२ वर्ष हेलिकप्टर चालकका रूपमा सेनामा कार्य गरेका थिए

राजकुमार एन्ड्रूले २२ वर्ष हेलिकप्टर चालकका रूपमा सेनामा काम गर्नुभएको थियो

त्यस्तै उहाँले गुमाएका अन्य पदहरू यसप्रकार छन्ः

  • राफ लोसिमाउथको मानार्थ हवाई कमोडोर
  • स्मल आर्म्स स्कुल कर्पस्‌को कर्नेल इन चिफ
  • महारानी एलिजाबेथको आफ्नै रोयल ल्यान्सर्सको कर्नेल इन चिफ
  • योर्कसायर रेजिमेन्टको कर्नेल इन चिफ
  • फ्लिट एअर आर्मको कमोडर इन चिफ
  • रोयल हाइल्याड फ्युसिलियर्सको रोयल कर्नेल
  • रोयल रेजिमेन्ट अफ स्कटल्यान्डको शाही कर्नेल

उहाँले यूके बाहिरका पनि केही मानार्थ सैन्य उपाधि गुमाउनुभएको छ।

  • तीमध्ये क्यानडाका तीन कर्नेल इन चिफ र न्यूजील्यान्डको एक कर्नेन इन चिफ उपाधि रहेका छन्।

जलसेनामा भने उहाँको भाइस एडमाइरलको सेवाकालीन भूमिका कायमै रहने छ।

के महारानीलाई फिर्ता गरियो ?महारानीसँग राजकुमार एन्ड्रू

 

महारानीसँग राजकुमार एन्ड्रू

शाही संरक्षकको रूपमा कुनै कुरा वा सेवालाई प्रचारप्रसारमा ल्याउने जिम्मेवारीबाट पनि उहाँ मुक्त हुनुभएको छ।

राजकुमार एन्ड्रू करिब २०० वटा संस्थाको संरक्षक हुनुहुन्थ्यो।

तर सन् २०१९ को बीबीसी अन्तर्वार्तामा उहाँले भर्जिनिया जूफ्रेसँग यौन सम्बन्ध अस्वीकार गरेपछि यसमध्ये धेरैले उहाँसँगको सम्बन्ध त्यागेको बताइन्छ।

जसमध्ये आउटवार्ड बाउन्ड ट्रष्ट, इङ्लिस न्याश्नल ब्याले, रोयल फिलहार्मोनिक अकेस्ट्रा र लन्डन मेट्रोपोलिटन विश्वविद्यालय छन्।

राजकुमार एन्ड्रूलाई प्रतिष्ठित गल्फ क्लब, विद्यालय र सांस्कृतिक कोषहरूसहित दर्जन अरू संस्थामा संरक्षकबाट हटाइएको छैन।

तर अब ती संरक्षकत्वहरू महारानीलाई नै फिर्ता गरिने छ र राजपरिवारका अन्य सदस्यलाई वितरण गरिने छ।

राजकुमार एन्ड्रूका अरू  भूमिका 

जलसेनाबाट सेवा निवृत्त भएपछि राजकुमार एन्ड्रूले यूकेको व्यापारका लागि विशेष दूत भएर १० वर्ष काम गर्नुभयो।

राजकुमार एन्ड्र्यु र एपस्टीन
राजकुमार एन्ड्रू र जेफरी एप्स्टीन

तर जेफरी एप्स्टीनसँग उहाँको मित्रताबारे आलोचना भएपछि राजकुमारले सो भूमिका त्याग गर्नुभएको थियो।

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा एप्स्टीन सन् २००८ मा १८ महिना जेल परेका थिए।

विदेशयात्राको क्रममा व्यापारलाई आनन्दसँग जोडेकोमा पनि उहाँको आलोचना भएको थियो।

केही अखबारहरूले उहालाई ूएअरमाइल्स एन्डीू उपनाम समेत दिएका थिए।

लिबियाका नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफसँगको बैठकलाई लिएर राजकुमारको मूल्याङ्कन क्षमतामा प्रश्न उठेको थियो।

ट्युनिसियाका अपदस्त राष्ट्रपति जिन अल अबदी बेन अलीका ज्वाइँलाई बकिङ्हम प्यालेसमा आमन्त्रण गरेकोमा समेत उहाँको आलोचना भएको थियो।

सन् २०१० मा प्रकाशित भएको विकिलिक्सको एउटा गोप्य केबलमा उहाँले सरकारी भेटवार्ताका क्रममा आडम्बरी शैलीमा बोलेको र छलफल अशिष्ट भएको लेखेको खुलासा गरेको थियो।

Share Now

Leave a comment.