Prakash Adhikari January 16, 2022

काठमाडौं, २ माघ । माघ महिनाको पहिलो शेयर कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ । यस दिन शेयर बजार परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ।

यो ४ महिना यताकै उच्च विन्दुमा हो।यस अघि भदौ २९ गते शेयर बजार परिसूचक २९२९.२९ विन्दुमा बन्द भएको थियो।

पौष मसान्त सकिएसंगै शेयर बजारमा कारोबार रकममा पनि उल्लेख्य बढेको छ। यस दिन २ सय २९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यो कारोबार रकम साढे ४ महिनायताकै उच्च हो। यस अघि गत भदौ २१ गते ९ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको थियो।

आइतबार नेप्सेमा सूचीकृत भएर वर्गीकरण गरिएका १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार अरुण भ्याली हाइड्रोपावरको ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँको, अपि पावरको ३०करोड ४४ लाखको, अपर तामाकोशीको २९ करोड ७४ लाखको, शिवम् सिमेन्ट्सको २६ करोड ३३ लाखको, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ४१ लाखको र एचआईडिसीएलको २३ करोड २१ लाखको, नेपाल दूरसञ्चार संस्थानको २१ करोड ६९ लाखको, हिमालयन डिष्टिलरीको २१ करोड ५५ लाखको न्यादी पावरको २० करोड ५३ लाखको र नबिल बैंकको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन स्टाण्डर्ड चार्टडको १० प्रतिशतले,मध्य भोटेकोशीको ९.९९ प्रतिशतले,किसान लघुवित्त संस्थाको ९.९४ प्रतिशतले, हिमालयन डिष्टिलरीको ८.९६ प्रतिशतले, सिन्धु विकास बैंकको ८.७९ प्रतिशतले, सिभिल बैंकको ७.६९ प्रतिशतले , अरुण भ्याली हाइड्रो पावरको ७.६८ प्रतिशतले, मञ्जुश्री फाइनान्सको ७.६५ प्रतिशतले, हिमालयन ऊर्जाको ७.३१ प्रतिशतले र ग्रामिण विकास लघुवित्तको ६.९ प्रतिशतले मूल्य बढेको छ ।

यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको सूचीमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, ग्लोबल आईएमई बैंक डिबेञ्चर, बोटलर्स नेपाल (तराई) मनकामना स्मार्ट लघुवित्त,मैलुड.खोला जलविद्युत न्यादी, सनराईज डिबेञ्चर,माछापुच्छ्रे डिबेञ्चर, मञ्जुश्री डिबेञ्चर र प्रभु बैंक डिबेञ्चरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

Share Now

Leave a comment.