Prakash Adhikari January 18, 2022

काठमाडौं, ४ माघ । शेयर बजारमा मंगलबार झिनो करेक्सन देखिएको छ।

पुस १६ गतेदेखि लगातार बढ्दै आएको नेप्से सूचक सोमबारसम्ममा २९८.२५ अंकले बढेको थियो भने मंगलबार सामान्य अंकले घटेको हो।

मंगलबार नेप्से सूचक १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेको छ ।

मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ८ अर्ब तलको शेयर कारोबार भएकोमा यस दिन ८ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेचबाट ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।त्यस्तै ग्लोबल आईएमई स्किम १ को ४.३७ प्रतिशतले, लक्ष्मी उन्नति कोषको ४.१७ प्रतिशतले तेह्रथुम पावर कम्पनीको ४.०२ प्रतिशतले, आइएमई जनरल इन्स्योरेन्सको ३.४५ प्रतिशतको, ओरियण्टल होटल्स्को ३.६९ प्रतिशतले र एनएमबी बैंकको ३.५१ प्रतिशतले बढेको थियो ।

मंगलबार शेयर मूल्य अधिकत घट्ने कम्पनीहरुमा मानुषी लघुवित्तको ५ प्रतिशतले, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत, सिन्धु विकास बैंकको ४.२१, जानकी फाइनान्सको ४.१२ प्रतिशत,श्री इन्भेष्टमेण्ट फाइनान्सको ४.०५ प्रतिशतले, आइसीएफसी डिबेञ्चरको ४.०३ प्रतिशतले र यूनियन हाइड्रोपावरको ३.९९ प्रतिशत ले घटेको छ।

यस दिन अपि पावरको २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दूरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख, हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख, एनआईसी एशियाको १९ करोड, अपर तामाकोशीको १८ करोड ८०लाखको, १७ करोड ४१लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ४२ लाखको र प्रभु बैंकको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

Share Now

Leave a comment.