काठमाडौं, ६ माघ। बिहिबार पनि नेपालको शेयर बजारमा हरियाली छाएको छ । साताको अन्तिम दिन शेयर बजार परिसूचक ३३ अंकले बढेर २९३१.३४ को बिन्दुमा उक्लिएको छ।
यस दिन २ सय २९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर किनबेचबाट ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ।
यसदिन बैंकिड. र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहहरुको परिसूचक बढेका छन् । विकास बैंक र वित्त उपसमूह अन्तर्गतका सेयरमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ। यी उपसमूहहरु बिहीबार ३ प्रतिशत बढीले वृद्धि भएका छन्। जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहमा आज पनि उत्साह कायमै रहेको देखिन्छ। वाणिज्य बैंक र सामूहिक लगानी कोष उपसमूहमा भने सामान्य गिरावट आएको छ।
आज मैलुड.खोला जलविद्युत, तेह््रथुम पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले पनि आज झन्डै ९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै गुराँस लाईफ इन्स्योरेन्स,यूनियन हाइड्रोपावर लिमिटेड, कर्पोरेट विकास बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, गणपति माइक्रोफाइनान्स र स्वाभिमान माइक्रो फाइनान्सको शेयर मूल्य पनि बिहिबार अघिल्ला कारोबार दिनको तुलनामा धेरै बढेको छ ।
बिहिबारको बजारमा आइसीएफसी डिबेञ्चर,एभरेष्ट बीमा कम्पनीको संस्थापक शेयर, बोटलर्स नेपाल तराई,एनएमबी हाईब्रिड फण्ड,नयाँ सारथी नेपाल लघुवित्त,सिटिजन्स म्युचुअल फण्ड १ र २, सनराईज डिबेञ्चर र सनराईज बैंक र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा भने बिहीबार आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको २२ करोड अधिकको धितोपत्र किनबेच भएको छ। त्यस्तै, अपि पावरको १८ करोड ४७ लाख रुपैयाँको कारोबार हुँदा १७ करोड ६७ लाख रुपैयाँको शिखर इन्स्योरेन्स किनबेच भएको छ।
यस दिन अरुणभ्याली हाइड्रो पावरको १६ करोड १० लाखको, नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ६७ लाख,गुराँस लाईफ इन्स्योरेन्सको १५ करोड १८ लाख,अपर तामाकोशीको १३ करोड १४ लाख,जलविद्युत लगानी तथा विकास कम्पनीको १३ करोड ६लाख र सांग्रिला विकास बैंकको ९ करोड ८९ लाख रुपैयाको शेयर किनबेच भएको छ ।


















