Prakash Adhikari January 20, 2022

काठमाडौँ ,६ माघ । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरी आदेश जारी गरेको छ ।

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौँमा उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको लालितपुरका प्रजिअ घनश्याम उपाध्यायले बताउनुभयो ।

उहाँले शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने बताउनुभयो । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुनेछ ।

तर स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।

जिल्ला प्रशासन कार्यालयको आदेश ः

Share Now

Leave a comment.