काठमाण्डौँ, ८ माघ । नेपाल उद्योग परिसंघको वुमन लिडरशिप फोरम, नबिल बैंक लिमिटेड र महिला शक्ति विकास केन्द्र नेपालबीच महिला उद्यमीहरुलाई वित्तीय प्रणालीमा पहुँच, प्रोत्साहन तथा प्रेरित गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरमका संयोजक छायाँ शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक श्री कविता गरुङ्गले समझदारी पत्रमा
हस्ताक्षर गर्नुभएको छ ।
नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरमले महिलाहरुलाई उद्यममा आवद्द बनाउने उद्देश्यकासाथ फोरम गठन भएदेखिनै नबिल बैंक र महिला शक्ति केन्द्र नेपालसंग छलफल सञ्चालन गर्दै आइरहेको थियो । सोहीअनुरुप, महिलाहरुलाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जिवनस्तरको विकास लगायतमा सहयोग तथा पहुँच प्रदान गर्ने उद्देश्यले समझदारी भएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकासको अवधारणामा समेत उल्लेखित महिलाहरुको वित्तीय सशक्तिकरणले यसको महत्वलाई दर्शाएकोले आर्थिक आत्मनिर्भरताले मात्र महिलाहरुलाई टेवा पुग्ने नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरमका संयोजक छायाँ शर्माले बताउनु भएको छ ।
यसैगरी महिला शक्ति विकास केन्द्र नेपालका कार्यकारी निर्देशक श्री कविता गुरुङ्गले महिलाको लागि नेतृत्व विकास, सामाजिक उत्थान
तथा जिवनस्तर विकासका मुद्दाहरुमा यस केन्द्रले कार्य गर्दै आइरहेको र समझदारीबाट महिला उद्यमीहरुलाई आर्थिक रुपमा समेत सबल बनाउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

साथै, नबिल बैंकका कार्यकारी निर्देशक श्री अनिल केशरी शाहले हस्ताक्षर गरेर मात्रै समझदारी पत्रको उद्देश्य पूर्ण नहुने भएकोले यसको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गर्नु भयो । हाल विश्वभर र नेपालमा समेत तिव्ररुपमा फैलिरहेको कोरोना महामारीको सन्त्रासबाट समेत जोखिम उठाएर दृढताका साथ उपलब्धि हाँसिल गर्नको लागि तिनवटै पक्ष उत्तिकै जिम्मेवारी पूर्वक लाग्नु पर्ने बताउनु भयो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री निर्वाण चौधरीले ग्रामीण विकास बैंकको सफलता त्यहाँ महिला निक्षेपकर्ताको कारणले भएको र महिला नेतृत्वलाई आर्थिक रुपमा जोड्ने यस प्रकारको प्रयासले निकट भविष्यमा देशमा महिला नेतृत्वको वर्चस्व रहने विश्वास व्यक्त गर्नुभयो ।
एक वर्षको रहेको सम्झौताले दिगा ेविकास, साना तथा मझौला उद्यमीहरुलाई ऋणकोसरल व्यवस्थाका साथै विविध वित्तीय साक्षरता सम्बन्धि तालिम, गोष्ठि तथा छलफलका गतिविधिहरु सञ्चालनको लागि तीनवटै पक्ष सहमत भएका छन् । कार्यक्रममा नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरम, नबिल
बैंक लिमिटेड तथा महिला शक्ति विकास केन्द्र नेपालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


















