Prakash Adhikari January 26, 2022

 

काठमाडौं, १२ माघ । बुधबार पनि नेपालको सेयर बजार उकालो लाग्न सकेन। यस दिन शेयर बजार परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा बास बसेको छ ।

यस दिन २ सय ३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैया बराबरको कारोबार भएको छ ।

घटेको बजारमा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि जलविद्युत कम्पनीको शेयर सर्किट लेभलमा बढ्यो । यस दिन शेयर भाउ बढ्ने अन्य कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, सीईबीडी हाइड्रो पावर डेभलेपमेण्ट कम्पनी, सानिमा जनलर इन्स्योरेन्स,कालिका लघुवित्त, मैलुड.खोला जलविद्युत कम्पनी, युनाइटेड इदीमर्दी हाइड्रो पावर, एनएमबी डिबेञ्चर र चन्द्रागिरी हिल्स छन् ।

Top Gainers

Symbol LTP % Change
As of 2022-01-26 15:00:00
BNHC 463.20 10.00
WNLB 1,216.60 10.00
EICPO 504.60 7.82
CHDC 929.00 4.97
SGI 676.20 4.03
KMCDB 1,343.00 1.97
MKJC 591.40 1.97
UMRH 609.80 1.63
NMBD2085 985.00 1.55
CGH 1,406.00 1.30

यस दिन अधिक मूल्य घट्ने कम्पनीहरुमा फोखरा फाइनान्स कम्पनी,सेन्ट्रल फाइनान्स कम्पनी, मानुषि लघुवित्त,समृद्धि फाइनान्स, सानिमा इक्विटी फण्ड, घलेम्दी हाइड्रो पावर, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईबी समृद्धि फण्ड २, कुमारी डिबेञ्चर र बरुण हाइड्रो रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-01-26 15:00:00
PFL 556.00 -5.59
CFCL 470.00 -4.28
MLBS 1,400.00 -4.24
SFCL 382.50 -3.65
SAEF 13.77 -3.64
GHL 331.00 -3.50
ALICL 1,021.00 -3.46
NIBSF2 9.31 -3.32
KBLD86 1,000.30 -3.25
BARUN 520.60 -3.23
View All

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा अपी पावरको १६ करोड ७७ लाख, अरुण भ्याली हाइड्रो पावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, जलविद्युत लगानी तथा विकासको ९ करोड ८६ लाखको, नेपाल लाईफ इन्स्योरेन्सको ९ करोड ४० लाखको, एनआईसीएशिया बैंकको ९ करोड ३९ लाखको, नेशनल हाइड्रो पावर कम्पनीको ९ करोड २५ लाखको, गुर्खा फाइनान्सको ९ करोड १० लाखको, हिमालयन डिष्टिलरीको ८ करोड ५३ लाखको, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ७ करोड ९७ लाखको कारोबार भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत सबै कम्पनीहरुका सबै समूहको सूचकमा गिराबट आएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-01-26 15:00:00
API 167,757,434.20 512.00
AHPC 135,567,136.10 499.00
UPPER 103,168,569.30 695.00
HIDCL 98,680,958.00 308.00
NLIC 94,020,672.80 1,642.00
NICA 93,917,145.70 860.00
NHPC 92,519,210.50 370.00
GUFL 91,080,894.50 781.00
HDL 85,396,982.60 4,614.00
NLICL 79,728,384.40 1,120.00
View All
Share Now

Leave a comment.