पोखरा(कास्की), १२ माघ । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका सबै उम्मेद्वार निर्वाचित भएका छन् ।
आज सम्पन्न मतदानमा सत्ता गठबन्धनबाट उम्मेद्वारी दिनुभएका नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनार तथा नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा आलेले ३ हजार ९६ तथा सुनार र पन्तले समान ३ हजार ८४ मतभार पाउनुभएको थियो ।


















