Prakash Adhikari January 26, 2022

 

हेटौडा(मकवानपुर), १२ माघ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव रहनुभएका पौडेललाई २०७४ सालमा नै तात्कालीन सरकारले राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गरेको थियो । तर निर्वाचनमा बामपन्थी गठबन्धनको बहुमत आएको र के.पी. ओली प्रधानमन्त्री बन्ने निश्चित जस्तो भएकोले ओलीका मान्छेलाई नियुक्त गर्न राष्ट्रपतिले सरकारको शिफारिस रोकेर राख्नुभयो र ओली प्रधानमन्त्री भएपछि उहाँले सिफारिस गरेका तीन जनलाई नियुक्त गर्नुभयो ।

बागमतीमा सत्तारूढ गठबन्धनले दुबै सिटमा जितेको हो। यहाँ अन्य र महिलातर्फ समूहमा निर्वाचन भएको थियो।

आज भएको मतदानमा पौडेलले ४ हजार ७ सय ९४ मतभार र तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय हेटौडाले जनाएको छ।

Share Now

Leave a comment.