Prakash Adhikari January 28, 2022

 

काठमाडौं, १४ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेके छ ।

कम्पनीले दिएको जानकारी अनुसार कम्पनीले शेयरधनीलाई १९ प्रतिशत बोनस सेयर तथा बोनस शेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने छ ।

कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

Share Now

Leave a comment.