Prakash Adhikari January 28, 2022

काठमाडौं, १४ माघ । विश्वव्यापी कोभिड महामारीका कारण नेपाली पर्यटन क्षेत्र थला परेपछि मन्त्रालयले पर्यटन क्षेत्र पुनरुत्थानको काम अघि बढाएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ ।

गिरी दुई दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

समितिलाई पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठित पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिसमक्ष कोभिड–१९ का कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान, पर्यटन उद्योगका नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्न समितिलाई कार्यादेश दिइएको छ ।

समितिमा अर्थमन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सँस्कृति शाखाका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको निर्देशक स्तरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरु हुनुहुन्छ ।

यसैगरी नेपाल एयरलाइन्सका क्याप्टेनहरु, उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्रहालयका अध्यक्ष सुनिमा उदास, नेपाल पाटा च्याप्टरका सीईओ सुरेशसिंह बुडेल र सदस्य सचिवमा मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाका उपसचिव पनि पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिमा हुनुहुन्छ।

Share Now

Leave a comment.