Prakash Adhikari January 28, 2022

 

काठमाडौं, १४ माघ । नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा फागुनमा हुने भएको छ ।

क्यानको बिहीवार बसेको बोर्ड बैठकले फागुन १३ र १४ गते धनगढीमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

यसअघि पुस १४ र १५ गते सोही ठाउँमा तय भएको साधारणसभा कार्यकाल पुरा भएका जिल्लाको अधिवेशन हुनुपर्ने भन्दै आवाज उठेपछि स्थगित गरिएको थियो ।

यसबीचमा २० जिल्लाको अधिवेशन सम्पन्न भइसकेकाले फागुन १३ र १४ गते धनगढीमै साधारणसभा गर्ने निर्णय रुपन्देहीमा बसेको क्यानको बोर्ड बैठकले गरेको हो ।

यसैगरी क्यानले संघका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा ५ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ ।

यस्तै आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा केलाश विष्टलाई मनोनयन पनि बोर्ड बैठकले गरको छ ।

यसैगरी पोखरा, भैरहवा, धनगढी मैदानका लागि दुई दुई जना र जनकपुर र सप्तरी क्रिकेट मैदानका लागि एक एक जना कर्मचारी पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

Share Now

Leave a comment.