काठमाडौं, १४ माघ। काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शनिबारदेखि नै ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिनुभएको छ ।
सार्वजनिक सवारी साधनमा जोर बिजोर लगाएकोले सवारी साधनमा यात्रुहरुको भीड बढेर कोरोना संक्रमण बढ्ने जोखिम बढेको भन्दै सार्वजनिक रुपमा जोरबिजोर प्रणालीको कटु आलोचना भएको थियो ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।


















