काठमाडौँ, १६ माघ। एमबीबीएस अध्ययन संगै मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी मोडल जिशु कोइराला अभिनित ‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा नायक पुष्प खड्का मोडल जिशु कोईरालाबीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ। सुजन कँडेलको शब्द रहेको यस गीतमा संगीत रामकुमार रिमालको रहेको छ।
गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ।
मिलन बिश्वकर्माबाट सम्पादित यस भिडियोको निर्देशक मौसम हिमाली हुनुहुन्छ।
भिडियो जिशु कोइरालाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यसअघि मोडल कोइराला अभिनित ‘हेर्ने हो र देखाइदिम’ र ुकसो गर्ने होलाु बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।


















