काठमाडौं, १६ माघ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक)ले साढे ७ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बेच्ने भएको छ ।
बैंकले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ५९ हजार ३ सय ७२ कित्ता शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेको छ ।
बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १ सय ६, दिपक लामाले, ९५ हजार ७ सय ६७ र कैलाश प्रतिन्द्र अमात्यले ८७ हजार ३ सय ३५ , अम्बरबहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवनसिंह भण्डारीले १ हजार गरी कुल ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्री गर्न कित्ता शेयर बिक्री गर्न बैंकलाई अनुरोध गरेपछि बैंकले उल्लेखित शेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ।
उल्लेखित संस्थापक शेयर एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बताइएको छ । इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजारमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिन सक्नेछन् ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।


















