Prakash Adhikari January 30, 2022

 

काठमाडौं, १६ माघ । शनिवार सत्तारुढ गठबन्धनका दलहरुबीच जेठ महिनामा स्थानीय तहको निर्वाचन गराउने सहमति भएको खबरले नेपालको शेयर बजारमा चमक ल्याएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा आइपुगेको छ ।

यस दिन ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार पनि ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको भएको छ ।

यस दिन २सय ३१ कम्पनीको १ करोड २१ लाख कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, लिबर्टी इनर्जी र शुभश्री हाइड्रो पावर कम्पनीको शेयर मूल्य सर्किट लेभल(१० प्रतिशत)मा बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-01-30 15:00:00
NIFRA 375.10 10
LEC 398.20 10
SSHL 379.50 10
WNLB 1,472.00 9.99851
BNHC 560.40 9.99019
AHPC 545.00 9.0218
HURJA 525.00 8.85341
PROFL 411.90 8.39474
HDHPC 352.00 8.30769
KRBL 465.00 8.13953
View All

त्यस्तै विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रो पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अरुणभ्याली हाइड्रोपावरको ९.०२ प्रतिशतले,, हिमालयन ऊर्जा विकास कम्पनीको ८.८५ प्रतिशतले, प्रोग्रेसिभ फाइनान्सको ८.३९ प्रतिशतले, हिमाल दोलखा हाइड्रोपावरको ८.३० प्रतिशतले र कर्णाली विकास बैंकको शेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-01-30 15:00:00
MFLD85 900.00 -3.22581
NICSF 9.19 -2.23404
MMF1 9.17 -1.92513
SLCF 9.30 -1.89873
MEGAPO 120.00 -1.63934
NIBSF2 9.45 -1.35699
NIBLPF 10.65 -0.930233
RMF1 9.04 -0.659341
NBF3 9.82 -0.607287
NICBF 11.36 -0.525394
View All

 

यस दिन मञ्जुश्री डिबेञ्चर, एनआइसी एशिया सेलेक्ट फण्ड,मेगा म्युचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड, मेगा बैंकको संस्थापक शेयर,एनआईबील समृद्धि फण्ड २, एनआईबील प्रगति फण्ड,आरबीबी म्युचुअल फण्ड १, नबिल ब्यालेन्स फण्ड ३ र एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-01-30 15:00:00
API 261,516,134.90 546.00
NTC 236,209,308.50 1,520.00
HIDCL 230,398,376.80 332.50
AHPC 219,636,501.10 545.00
UPPER 141,170,341.70 726.20
MEROPO 130,176,490.00 100.00
SHIVM 124,497,760.70 1,528.00
NIFRA 122,856,538.00 375.10
NHPC 122,823,359.60 395.90
NLICL 117,262,230.70 1,154.00
View All

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा अपि पावरको २६ करोड १५ लाख, नेपाल टेलिकमको २३ करोड ६२ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको २३ करोड ३ लाख, अरुण भ्याली हाइड्रो पावरको २१ करोड ९६ लाख, अपर तामाकोशीका १४ करोड ११ लाख, मेरो माइक्रो फाइनान्सको संस्थापक १३ करोड १ लाख, शिभम् सिमेण्टको १२ करोड ४४ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको १२ करोड २८ लाख, नेशनल हाइडो पावर कम्पनीको १२ करोड २८ लाख र नेशनल लाईफ इन्स्योरैन्स कम्पनीको ११ करोड ७२ लाख रुपैयाभन्दा बढीको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको सबै उपसमूहको परिसूचक बढेको छ ।

Sub-Indices Current Points Change %Change
Banking 1,855.32 46.99 2.6
Trading 3,085.45 146.33 4.98
Hotels And Tourism 3,233.04 141.48 4.58
Development Bank 5,168.95 318.22 6.56
HydroPower 3,433.46 182.9 5.63
Finance 2,549.31 152 6.34
Non Life Insurance 13,289.46 431.61 3.36
Manu.& Pro. 7,466.13 197.75 2.72
Others 2,245.60 83.69 3.87
Microfinance 5,517.66 173.46 3.25
Life Insurance 16,656.36 548.06 3.4
Mutual Fund 16.04 0.28 1.75
Investment 95.23 5.69 6.36
Share Now

Leave a comment.