काठमाडौं, १८ माघ । सरकारले दूधको मूल्य बढाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो ।
सरकारले दूधको मूल्य ६। ५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो ।
किसानहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेसँगै दूधको मूल्य वृद्धि गरेको हो ।
किसानले पाउने मूल्यमा वृद्धि भएसँगै अब उपभोक्ता मूल्यमा समेत वृद्धि हुनेछ ।
हाल उपभोक्ता मूल्य प्रति आधा लिटर प्याकेटको खुद्रा मूल्य ३८ रुपैयाँ रहेको छ ।


















