Prakash Adhikari February 4, 2022

 

काठमाडौं, २१ माघ। नेपाल वायुसेवा निगमको दोहामा भूमिस्थ न्यारोबडी जहाजको इन्जिन मर्मत र लिजको ठेक्का एभियोनले पाएको छ।

बेलायतको लण्डनको लुटोन एअरपोर्टमा आधारभूमि बनाएर चार्टर विमान र हेलिकोप्टर सेवा दिंदै आएको एभियोन पार्टनर लिमिटेडले इन्जिनहरु पनि भाडामा लिने र दिने गर्दछ ।

दोहामा २८ डिसेम्बरका दिन यात्रु लिएर गएको निगमको सगरमाथा नामक न्यारोबडी जहाज पार्किड. गर्दा समस्याग्रस्त भएको थियो ।

जहाज भूमिस्थ भएपछि अत्यन्त जरुरी प्रावधान अन्तरगत टेण्डर गर्नुपर्ने भएपनि महाप्रबन्धक डिमप्रकाश पौडेलसहित सञ्चालक समितिका तीन जनाका विरुद्ध निगमको कर्मचारी यूनियनहरुले संयुक्त आन्दोलन सञ्चालन गरी निगमको मुख्यालयमा प्रवेश गर्न नदिएको र एक अर्का सञ्चालक किशोर प्रधानलाई कोरोना संक्रमण भएको कारणले इञ्जिन मर्मत र लिजको एजेण्डा सञ्चालक समितिको बैठकबाट पारित हुन समय लागेको थियो ।

सञ्चालक समितिको बैठकबाट पारित भए लगत्तै जनवरी ९ मा निगमको कन्टिन्युइड. एअरवर्थिनेस म्यानेजमेन्ट विभागले निगमलाई एक आईएई भी २५२७ इ ए ५ सेरिजको इञ्जिन भाडामा दिन २१ दिने सूचना निकालेको थियो ।

सो अवधि पूरा भएपछि निगमले जनवरी ३० मा थप ५ दिन समय बढाएको सूचना प्रकाशित गरी इच्छुक र योग्य वायुसेवा कम्पनी, इञ्जिनका निर्माता, मर्मत संभार कम्पनी र विमान भाडामा दिने तथा विमान कम्पनीहरुलाई वित्तीय सहयोग गर्ने कम्पनीहरुलाई दरखास्त दिन आह्वान गरेको थियो ।

सो अवधिमा दरखास्त दिएका कम्पनीमा एभिओनको प्रस्ताव सस्तो भएकोले निगमले उसलाई संझौताको लागि बोलाएको छ । निगम सूत्रका अनुसार छनोट भएकोल कम्पनीले निगमको इन्जिन मर्मत भएर नआइञ्जेल तीन महिना आफ्नो इन्जिन भाडामा दिनुपर्ने छ ।

तीन महिनाका लागि करिब ६ करोड रुपैयाँ भाडामा प्रस्ताव पेश गरेको छ । उसले टेण्डर अवार्ड भएको पाँच दिनमै इन्जिन उपलब्ध गराउने प्रतिबद्धता पनि दरखास्तमा राखेको थियो ।

तर उल्लेखित दरमा संझौता गरेर ५ दिनमा इञ्जिन दिन सकेन भने दोस्रो हुने कम्पनीले पाउने संभावना रहन्छ । दोस्रो हुने कम्पनी जर्मनीको एमटीयू रहेको बताइन्छ ।

निगमको न्यारोबडी ३२० विमान ( नाइन एन एकेडब्ल्यु 9N -AKW) कल साइनको सगरमाथा नामक विमान २८ डिसेम्बर २०२१ मा काठमाडौं दोहा आरए २३७ नियमित उडानमा सुरक्षित अवतरणपश्चात पार्किड. गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिक समस्या देखिन गएको थियो ।

निगले दोहास्थित कतार एअरवजको इञ्जिनियरिड. टिममार्फत त्यसको डिटेल निरीक्षण गराउदा बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट देखिएको र इञ्जिनको उत्पादक पीडब्ल्यू/आइएईसंग निगम व्यवस्थापनले आवश्यक परामर्श लिंदा इञ्जिनलाई विस्थापन गरेर मर्मतसंभार गर्न सुझाव दिएको थियो ।

सोही सुझाब अनुसार निगमले दोहामा ग्राउण्डेड रहेको न्यारोबडी जहाजको इन्जिन मर्मत र मर्मत अवधिको लागि भाडामा इन्जिन लिन टेण्डर आह्वान गरेको हो ।

जहाजमा लागेको इञ्जिन मर्मत गर्न ३ महिना लाग्ने भएकोले निगमले इञ्जिन पनि तीन महिनाको लागि भाडामा लिएको हो।


Request for Proposal (RFP) for Lease Support of V2527E-A5 Engine
09 Jan, 2022

Nepal Airlines Corporation, CAM Department
Tribhuvan International Airport, Kathmandu, Nepal
Notice for Request for Proposal (RFP)
First Date of Publication: 9th Jan 2022

Nepal Airlines Corporation (NAC) Continuing Airworthiness Management (CAM) Department would like to invite all interested Airlines, OEM, MRO, Aviation Leasing and Financing Companies to send their commercial proposal for the supply of Qty-1 IAE V2527E-A5 (QEC, Select-Two Configuration) engine on Lease Basis. The interested bidders are encouraged to visit the Notice/ Announcement page in NAC’s website:www.nepalairlines.com.np for detail information.

For further information, please contact:
Nepal Airlines Corporation
CAM Department, Tribhuvan International Airport
Tel: +977 1 4470670, Fax: +977 1 4470768
Email: dir.camd@nac.com.np, dydir.epd@nac.com.np


Notice for Extension of Request for Quotation (RFQ) : Notice for Extension of Request for Quotation (RFQ) for Repair of V2527E-A5 Engine Serial Number V17584 installed in A320-200 aircraft Reg. No. 9N-AKW
30 Jan, 2022

Nepal Airlines Corporation

Continuing Airworthiness Management Department
Tribhuvan International Airport, Kathmandu, Nepal

Notice for Extension of Request for Quotation (RFQ)

First Date of Publication: 30th January 2022

Nepal Airlines Corporation (NAC) Continuing Airworthiness Management (CAM) Department had published the notice to invite Original Equipment Manufacturer (OEM)/ Maintenance Repair Organisations (MROs) to submit sealed quotation for the repair/refurbishment of the NAC’s unserviceable V2527E-A5 Engine Serial Number V17584 on 24th January 2022. Nepal Airlines Corporation would like to extend the sealed quotation submission period of the RFQ by 05 (five) additional calendar days.

 

For further information, please contact:

Nepal Airlines Corporation

CAM Department, Tribhuvan International Airport

Tel: +977 1 4470670, Fax: +977 1 4470768

Email: dir.camd@nac.com.np, dydir.epd@nac.com.np,


 

Share Now

Leave a comment.