काठमाडौं, २१ माघ । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से(को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को माघ १७ गतेको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा छनोट समितिबाट सिफारिस हुनुभएका कार्कीलाई मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।
रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।
अन्तिम तीन जनाबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
कार्की बुढीगण्डकी आयोजनाको प्रमुखको रुपमा काम गरेको अनुभव छ । उहाँलाई अर्थमन्त्री जनार्दन शर्मा उर्जा मन्त्री हुँदा आयोजनाको प्रमुखको जिम्मेवारी दिएका थियो ।
पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कार्कीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
नेप्सेको महाप्रबन्धक पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएपछि नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो ।
प्रिमियम मूल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरिद गरिएको तथ्य सार्वजनिक भएपछि साउदले पदबाट राजिनामा दिनुभएको थियो।


















