काठमाडौं, २४ माघ । नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त हुनुभएको छ ।
डा.महतलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान प्रवक्ता मनोनयन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीको हैसियत दिइएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट उहाँ महामन्त्रीमा उठनुभएको थियो ।
उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्य र केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा पनि मनोनित गर्नुभएको छ ।



















