Prakash Adhikari February 14, 2022

 

मस्कट(ओमान), २ फागुन । ओमानमा भइरहेको चतुष्कोणीय टी २० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप यो चतुष्कोणीय श्रृखलाको आयोजना भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

नेपालले आयरल्याण्डसँग यसअघि दुई टी २० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २०१५ मा आयरल्याण्डमै भएको टी २० विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टी २० सिरिजमा आयरल्याण्डले नेपाललाई १३ रनले हराएको थियो ।

यस्तै आजै ११ः४५ बजे ओमान र युएई खेल्नेछन् ।

 

Share Now

Leave a comment.