Prakash Adhikari February 14, 2022

 

काठमाडौं, २ फागुन । आज देशभर आंशिक बदली रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहानको बुलेटिनमा जनाए अनुसार हाल देशमा पश्चिमी बायुको प्रभाव रहेको छ ।

महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली भई तराईमा हुस्सु लागेको र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

बुलेटिनमा जनाइए अनुसार आज दिउँसो पनि देशभर आंशिक बदली रहने र मौसम सामान्यतया सफा रहने छ । राती पनि मौसम त्यस्तै रहने छ ।

महाशाखाले निकालेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

 

 

Share Now

Leave a comment.