Prakash Adhikari February 15, 2022

काठमाडौं, ३ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष लागि तीन जनाको नाम सिफारिस भएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश कुमार हमालको नाम अध्यक्षको लागि सिफारिस गरेको हो ।

छनौट समितिले सिफरिस गरेको ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्को आगामी बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको परेको थियो । त्यसमध्येबाट छनौट समितिले दोस्रो चरणमा कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि ५ जनाको नाम छनौट गरेको थियो ।

पाँच जनाको लिस्ट परेका निरज गिरि र खगेन्द्र कटुवाल भने बोर्ड अध्यक्षको दौडमा छुट्नुभएको छ ।

 

Share Now

Leave a comment.