Prakash Adhikari February 15, 2022

 

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

नेपाली कांग्रेसकी सचेतक सांसद पुष्पा भुसालले आज बिहान ९ बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने जानकारी दिनुभएको छ ।

बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सत्ता गठबन्धनका तर्फबाट संसद सचिवालयमा दर्ता गरिएको महाभियोग र एमसीसी संझौता अनुमोदनका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने कार्यतालीका रहेको छ।

यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि ुकाउन्टरमाु केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ।

एमालेले आफ्ना अध्यक्ष एवम् तात्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिसलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापना गरी नेपाली कांग्र
ेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने संवैधानिक इजलाशमा रहनुभएका चार जना न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरेको छ।

मंगलबारसम्म कुनै न कुनै न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गरिने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताउनुभएको छ।

प्रतिनिधिसभा नियमावलीअनुसार कुनै पनि न्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसदमा छलफल गराउनुपर्छ। सभामुखले छलफलपछि स्वीकृत गरेर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्छ। बहुमतले स्वीकृत गरेपछि महाअभियोग प्रस्ताव समितिमा जान्छ ः

महाभियोगसम्बन्धी संवैधानिक व्यवस्था यस्तो छ :

 

प्रतिनिधिसभा नियमावली २०७५ ले संवैधानिक निकायका प्रमुखहरुमाथि लगाइने महाभियोग प्रस्तावबारे यस्तो व्यवस्था गरेको छ:

 

 

Share Now

Leave a comment.