Prakash Adhikari February 16, 2022

काठमाडौं, ४ फागुन । सदन र सडकमा बामपन्थी उफ्रेर अमेरिकाले नेपालको प्रशारण लाइन निर्माण र सडक विस्तारमा दिएको ६० अर्ब अनुदान संसदमा प्रस्तुत गर्ने कारबाही रोकिएपछि नेपालको शेयर बजार प्रभावित भएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक १९.८४ अंकले घटेर २७३४.४५मा अडिएको छ भने कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार परिसूचक मंगलबारको तुलनामा ०.७२ प्रतिशतले घटेको हो ।

आज २३१ कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार ओरालो लागेको दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटा समूह मध्ये दुई समूहको उपसूचक बढेको छ भने अरुको घटेको छ । बढ्नेमा अन्य समूह १०२ अंक र जीवन बीमा समूह २०.६६ अंकले बढेका छन् भने बाँकी समूहको घटेको छ ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,746.00 5.29 0.3
Trading 2,900.98 43.4 1.47
Hotels And Tourism 3,069.65 33.46 1.08
Development Bank 4,733.77 88.53 1.84
HydroPower 3,266.24 72.77 2.18
Finance 2,325.59 42.9 1.81
Non Life Insurance 12,457.17 106.81 0.85
Manu.& Pro. 6,852.64 94.79 1.36
Others 2,326.13 10.2 0.44
Microfinance 5,266.27 40.74 0.77
Life Insurance 15,129.70 20.66 0.14
Mutual Fund 15.76 0.07 0.45
Investment 91.42 1.56 1.68

बुधबार सबैभन्दा अधिक शेयर मूल्य बढ्ने कम्पनीहरुमा बढी गणपति लघुवित्त संस्थाको शेयर मूल्य ३.४४ प्रतिशतले, ज्योति लाइफको३.२२ प्रतिशतले, एनआईसी ब्यालेन्स फण्डको २.८७ प्रतिशतले, युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले, शिखर इन्स्योरेन्सको, २.७२ प्रतिशतले, लाईफ इन्स्योरेन्स कम्पनी नेपालको २.२० प्रतिशतले, नेपाल एसबीआई बैंकको२.१५ प्रतिशतले, सामलिड. पावर कम्पनीको २.१० प्रतिशतले, समिट माइक्रो फाइनान्स कम्पनीको २.०७ प्रतिशतले र जनसेवी लघुवित्त १.९९ प्रतिशत रहेका छन् ।

 

Top Gainers

Symbol LTP % Change
As of 2022-02-16 15:00:00
GLBSL 1,355.00 3.43511
JLI 640.00 3.22581
NICBF 11.11 2.87037
UIC 699.00 2.79412
SIC 1,320.00 2.72374
LICN 2,085.00 2.20588
SBI 380.00 2.15054
SPC 630.00 2.10697
SMFBS 1,915.00 2.07889
JSLBB 2,467.30 1.99669
View All

यस दिन अधिक शेयर मूल्य घटेका कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर ५.९६ प्रतिशतले,बुद्धभूमि नेपाल हाइड्रोपावर ५.६९ प्रतिशतले,मैलुड.खोला जलविद्युत कम्पनी ५ प्रतिशतले, शुभश्री हाइड्रोपावरको ४.६९ प्रतिशतले,सीइडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ४.०२ प्रतिशतले, कालिका पावरको ३.८२ प्रतिशतले, घलेम्दी हाइड्रोको ३.७१ प्रतिशतले, युनाइटेड मोदीको ३.५८ प्रतिशतले र राँधी हाइड्रोका ३.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-16 15:00:00
EICPO 470.20 -5.96
BNHC 646.00 -5.69343
MKJC 570.00 -5
SHEL 467.00 -4.69388
CHDC 975.10 -4.02559
SSHL 355.00 -3.84615
KPCL 528.00 -3.82514
GHL 327.00 -3.71025
UMHL 403.00 -3.58852
RADHI 675.00 -3.57143
View All

कारोबारका हिसाबले यस दिन अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । यस दिन अपिको २१ करोड १४ लाखबढीको, अरुणभ्यालीको १६ करोड ८ लाख बढीको, नेपाल दूरसञ्चारको १४ करोड ८८ लाखको, युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाखको, हिमालयन डिष्टिलरीको ९ करोड १ लाखको,जीवन विकास लघुवित्तको ८ करोड ९९ लाखको, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको ८ करोड २३ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको ७ करोड २५ लाखको र माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको ७ करोड २५ लाख रुपैयाको शेयर कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-16 15:00:00
API 211,465,339.70 523.00
NHPC 177,847,966.10 427.00
AHPC 160,871,011.60 556.00
NTC 148,830,600.10 1,664.00
UIC 132,560,746.50 699.00
HDL 90,150,842.30 4,298.00
JBLB 89,962,434.80 4,791.00
NIFRA 82,322,196.70 372.00
HIDCL 72,597,064.00 322.00
UPPER 72,521,738.70 651.30
View All

साताको पहिलो दिन आइतबार १०१.१४ अंकले बजार घट्दा ५ अर्ब ९७ करोड, सोमबार ०.०८ अंकले बजार बढ्दा ३ अर्ब ६८ करोड रुपियाँ र हिजो मंगलबार ५३.३० अंकले बजार बढ्दा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेपालको धितोपत्र बजार गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको थियो भने साउन ३१ गते हालसम्मकै उच्च कारोबार भएको थियो । त्यस दिन २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो ।

Share Now

Leave a comment.