काठमाडौं, ४ फागुन । नेपाली क्रिकेट खेलाडी तथा राष्ट्रिय क्रिकेट टिमका विकेट किपर आशिफ शेख अहिल विश्व क्रिकेटका प्रशंसकहरुको रोजाईमा परेका छन् ।
ओमानमा भएको चतुष्कोणीय क्रिकेट श्रृखला अन्तरगत आयरल्याण्डसंग खेलमा उनले रन आउट गर्न सक्ने खेलाडीलाई दया गरेर रन लिन दिएको कारण क्रिकेट भावनाको सम्मान गर्नेको मन मस्तिष्कमा उनले स्थान बनाउन पाएका हुन् । सो खेलको उक्त क्षणको भिडिओ क्लिप अहिले क्रिकेटप्रेमीबीच सामाजिक सञ्जालमा भाइरल भएको छ ।
आखिर के भएको थियो त ओमानमा , जसले आशिफलाई एकाएक विश्व चर्चित बनायो ।
टस जितेर बलिड. रोजेको नेपालले सो दिन बलिड. गरिरहेको थियो । खेलको उन्नाईसौं ओभरको दोश्रो बलमा कमल सिंह ऐरीले आयरल्याण्डका मार्क अडेरलाई बलिंग गरिरहेका थिए।
रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका कमलसिंह ऐरीसंग ठोक्किएर लड्न पुगे।
म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले। आसिफले बल समाते । त्यतिबेला रन लिन दौडिदा ठोक्किएर मैदानमा लडेका म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए ।
आशिफले उनलाई रन आउट गर्न माग गर्न सक्थे तर उनले बल समातेर आफैले जमिनमा बाउन्स खेलाए र म्याकब्रायनलाई रन पूरा गर्न दिए। आफ्ना खेलाडीले लडाएकोले रन लिन ढिला भएकोमा उनले देखाएको दयामायाको भावना थियो थियो ।
त्यति बेल म्याकब्रायन आउट भएको भए खेलमा आयरल्याण्डको ११ रन कम हुने थियो । म्याकब्रायनले त्यसपछिको बलमा कमललाई छक्का प्रहार गरे र ७ बलमा ११ रन बनाए।
आशिफले खेल भावनाको उत्तम नमूना प्रस्तुत गरेपछि टिभी कमेन्टेटरले भनेका थिए “आशिफ शेख ‘टेक अ बो’ अर्थात आशिफलाई हामी झुकेर प्रणाम गरौं । हामी क्रिकेटमा खेल भावना ( स्पिरिट अफ क्रिकेट) कहाँ गयो भनेर कुरा गर्छौं र तपाईले यहाँ देख्न सक्नुहुन्छ।
कमल सिंह ऐरीले अन्जानमा म्याकब्रायनलाई लडाएका थिए। आशिफले रन आउट गर्न सक्थे तर उनले ‘नो’ म यो काम गर्दिन भन्दै खेल भावना देखाए।”
उक्त घट्नापछि। खेलको प्रत्यक्ष प्रशारण गरिरहेको फ्यानकोडले उक्त घटनाको क्लिप्सलाई आफ्नो ट्वीटरमा राखेर आसिफको प्रशंसा गर्दै ‘स्पिरिट अफ क्रिकेट’ लेखेको छ।
1/9) 🎙️It's been so inspiring to see this moment go that viral around the world. There's a few things I might not have got across in the moment on commentary that I wanted to explain as to what made it so special & why Nepali cricket should be so proud
A #SpiritofCricket thread pic.twitter.com/CoqSt8uw3x
— Andrew Leonard (@CricketBadge) February 15, 2022
It’s been said already on many occasions over the last 24 hours, but once more we just want to acknowledge the sportsmanship shown yesterday by @CricketNep – thank you and good luck for the Qualifier ahead. 🙏 pic.twitter.com/WsqszjeqOb
— Cricket Ireland (@cricketireland) February 15, 2022


















