काठमाडौं, १० फागुन । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ।
आजको खेलमा जित हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ।
ग्लोबल क्वालिफायर समूह बीमा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा पुगेको हो।
समूह बीको तीनै खेलमा जित हात पारेको नेपाल मंगलबार उच्च आत्मविश्वासको साथ मैदानमा उत्रिने तयारीमा छ।
नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासनायकेले क्यानडालाई जितेको पाँच मिनेट नपुग्दै नेपाली क्रिकेटक उम्दा खेलाडी लोकेश बमसहितलाई प्रशिक्षण दिन थालेका थिए । यसको सामाजिक सञ्जालमा उच्च प्रशंसा भएको छ ।
Not even 5 minutes have passed since Nepal clinched victory over Canada to move into the WCQ semis & @PDassnayake is wasting no time squeezing in some range hitting practice with Lokesh Bam ahead of tomorrow's semifinal against UAE. Winner goes on to the 2022 Men's T20 World Cup. pic.twitter.com/G8FKE0zBXD
— Peter Della Penna (@PeterDellaPenna) February 21, 2022
नेपालले सोमबार भएको समूह चरणको खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको थियो भने फिलिपिन्सलाई १ सय १६ रनले । त्यस अगाडि घरेलु मैदानमा आयोजक ओमानलाई नेपालले ३ बल बाँकी रहदै ६ विकेटले जितेको थियो ।
आज नेपाल र युएईबीचको खेल ओमानको अलमिरातस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।
नेपाली खेलाडीहरु समूह चरणमा घरेलु टिम ओमानसहित फिलिपिन्स र क्यानडालाई शानदार ढंगले पराजित गरेको उच्च मनोबल,नेपालको क्रिकेटलाई उकास्ने प्रशिक्षक पुबुदु दासनायको प्रशिक्षण, भगवान पशुपतिनाथको आर्शिवाद र झण्डै ३ करोड नेपालीको शुभेच्छा लिएर मैदानमा उत्रिने छन् ।
आज सोही समयमा अर्को सेमिफाइनलमा घरेलु टोलीओमान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।
दुवै समूहका बिजेताहरु आगामी अक्टोवर नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकप प्रतियोगितामा छनोट हुनेछन् ।


















