बिर्तामोड(झापा), २६फागुन । खेल शुरु भएको पहिलो मिनटमै स्टार फरवार्ड नवयुग श्रेष्ठले गरेको गोल नै प्रतियोगिताको लागि निर्णायक बनेपछि त्रिभुवन आर्मी क्लब दावेदार मनाड. मस्र्याड.दीलाई हराउदै जारी रमपम तेस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिर्ता बजारस्थित दोमलाल राजवंशी खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा नेपाल आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनलमा आयोजक झापा–११ सँगको भिडन्त पक्का गर्यो ।
शनिबारको खेलमा आर्मीका गोलरक्षक विकेश कुथु म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल सोमबार आयोजक रमपम झापा–११ र आर्मीबीच हुनेछ ।
झापाले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रुस्लान थ्रीस्टार क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।