Prakash Adhikari February 28, 2022

 

किएभ(युक्रेन), १६ फागुन(बीबीसी) । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ।

लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको फेजबुक पेजमा लेख्नुभएको छ।

उहाँका अनुसार रुसी फौजले ूलगभग सबै दिशाबाट हमला जारी राखेकोू छ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी सेनाको आक्रमणलाई युक्रेनी सेनाले विफल पारिदिएको बताइएको छ र खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताउनुभएको छ।

युरोपेली सङ्घको प्रतिबन्ध
बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४ हजार ३ सय सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ।
किएभकी हाना माल्एरले फेसबुक पोस्टमा अहिलेसम्म रुसतर्फको क्षति यस्तो छः

  • ४,३०० मृत्यु
  • २७ विमान
  • २६ हेलिकप्टर
  • १४६ ट्याङ्क
  • ७०६ सशस्त्र सवारीसाधन
  • ४९ तोप
  • १ हवाई रक्षा प्रणाली
  • ४ रकेट प्रहार प्रणाली
  • ३० सवारीसाधन
  • ६० ट्याङ्कर
  • २ ड्रोन
  • २ डुङ्गा

उहाँले यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताउनुभएको छ तर बीबीसीले यसको पुष्टि गरेको छैन।

युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ।

ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ।

बम बनाऊ, रुख ढाल्
युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ।

“तपाईँहरूसँग हतियार वा गोलीगठ्ठा छ या छैन, सबै सम्भव उपाय र लडाइँको विधि प्रयोग गर्नुहोस्।”

सेनाले नागरिकलाई निम्न कार्य गर्न अनुरोध गरेको छः

  • सडक चिन्ह भत्काउने,
  • रुख ढालेर आवतजावतमा अवरोध पुर्‍याउने,
  • घरमै बनेका प्रज्वलनशील पदार्थ प्रयोग गर्ने,
  • प्रमुख सडकमा क्षति पुर्‍याउने र
  • रात िवा झिसमिसेमा बढी सक्रिय हुने

शरणार्थी

ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्।

रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट ३ लाख नागरिक भागेर आएको ईयूले जनाएको छ। तर संयुक्त राष्ट्र संघले भने युक्रेनबाट बाहिरिने मानिसहरूको सङ्ख्या ३ लाख ६८ हजार पुगेको जनाएकोछ ।

त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ।

People fleeing Ukraine

अमेरिकी निन्दा
यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ।

रुसी राष्ट्रपतिले गरेको घोषणा अनावश्यक भएको भन्दै अमेरिकी अधिकारीहरूले त्यो उक्सासहटपूर्ण कदमले खतरनाक गल्तीहरू निम्त्याउन सक्ने बताएका छन्।

रुसी कदमपछि आणविक अस्त्रसम्बन्धी आफ्नो नीतिमा परिवर्तन आएको बारेमा बोल्न भने अमेरिकाले अस्वीकार गरेको छ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठनका उच्च अधिकारीहरूको रुसविरोधी आक्रामक वक्तव्यपछि पछिल्लो कदम चाल्न आफू बाध्य भएको रुसी राष्ट्रपति पुटिनले दाबी गर्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पारमाणविक बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिनुभएको समाचार छ।

यो अवस्था रुसको रणनीतिक क्षेप्यास्त्र बलको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो।

रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग “मित्रवत् व्यवहार नगरेको” र “अवैधानिक प्रतिबन्धहरू लगाएको” बताउनुभयो।

बीबीसीका सुरक्षा सम्वाददाता गोर्डन कोरेराले यसलाई “आफ्नो बाटोमा पश्चिमा देशहरू उभिएमा परमाणु हतियारको चेतावनी”को रूपमा व्याख्या गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले सीबीएस न्यूजलाई रुसको कदम “अस्वीकार्य रहेको” बताउनुभएको छ।

बेलारुसको सीमामा रुससँग वार्ता

युक्रेनयुक्रेनयुक्रेन
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताउनुभएको छ।

“हामी युक्रेन-बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भयौँ,” विज्ञप्तिमा भनिएको छ।

“अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीको यात्रा, वार्ता र फर्कँदासम्म प्रयोग नहुने जिम्मेवारी लिएका छन्।”

रुस र बेलारुसले यसबारे कुनै विज्ञप्ति निकालेका छैनन्।

आक्रमणको रुससहित विश्वभर विरोध

युक्रेन आक्रमणविरुद्ध रुससहित विश्वभर प्रदर्शन भएका छन् ।

रुसमा रहेका युद्धविरोधी अभियानकर्मीहरूले युक्रेनमाथि भएको आक्रमणविरुद्धको आन्दोलनमा सहभागी हुन थप मानिसहरूलाई आह्वान गरेका छन्।

रुसी सत्ताको विपक्षमा उभिएका बोरिस नेमत्सोभको हत्या गरिएको वार्षिकी पारेर यस्तो अपिल गरिएको हो।

पूर्वी युक्रेनमा भएका हिंसाको कडा शब्दमा विरोध गर्ने बोरिसलाई सन् २०१५ मा क्रेमलिन नजिकै हत्या गरिएको थियो।

एउटा स्वतन्त्र पर्यवेक्षक समूहले बिहीवार रुसी अतिक्रमण सुरु भएका ३ हजार रुसीहरूलाई गिरफ्तार गरिएको जनाएको छ।

 

युक्रेनयुक्रेनयुक्रेन

Share Now

Leave a comment.