Prakash Adhikari March 4, 2022

भरतपुर(चितवन) । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।

नारायणगढस्थित नारायणी कलामन्दिरमा बिहीवारदेखि भइरहेको अधिवेशनमा सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका छन् भने ४९ सदस्यीय कार्यसमितिका लागि १सय ५२ जनाको उम्मेद्वारी परेको छ।

जिल्ला सभापतिमा कैलाश कोइराला मिलनबाबु श्रेष्ठ, उत्तम जोशी‚ राजेश्वर खनाल डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दिनुभएको छ।

यस्तै‚ दुई उपसभापतिका लागि १५ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, नीलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपाने हुनुहुन्छ।

यसैगरी २ जना सचिवका लागि आठ जनाको उम्मेदवारी परेको छ। दुई सहसचिवको लागि १० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

 

Share Now

Leave a comment.