Prakash Adhikari March 13, 2022

 

काठमाडौं, २९ फागुन ।साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट साढे १० प्रतिशत बोनस र ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

साल्ट ट्रेडिङको आज फागुन २९ मा बसेको संचालक समिति बैठकले सो निर्णय गरेको हो।

 

बैठकको निर्णयअनुसार कम्पनीले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

कम्पनीको यो लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा आधाभन्दा धेरैले घटेको हो।

आव २०७६ । ७७ को नाफाबाट कम्पनीले २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

Share Now

Leave a comment.