Prakash Adhikari March 13, 2022

काठमाडौं, २९ फागुन । फागुन महिनाको अन्तिम साताको पहिलो कारोबार दिन नेपालको शेयर बजारमा हरियाली छाएको छ। यस दिन नेप्से परिसूचक १०१.०७ अंक बढेर २६६७.९७ विन्दुमा पुगेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २ सय २८ कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६.९५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।

Sub-Indices Current Points Change %Change
Banking 1,719.68 54.71 3.29
Trading 2,708.48 113 4.35
Hotels And Tourism 3,115.98 158.69 5.37
Development Bank 4,652.92 210.56 4.74
HydroPower 3,195.79 75.65 2.42
Finance 2,242.83 107.01 5.01
Non Life Insurance 11,965.60 567.87 4.98
Manu.& Pro. 6,448.99 308.06 5.02
Others 2,340.58 86.62 3.84
Microfinance 5,097.28 163.78 3.32
Life Insurance 14,213.54 922.16 6.94
Mutual Fund 15.60 0.17 1.12
Investment 88.49 3.81 4.49

आइतबार ५ उपसमूहको परिसूचक सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। यस दिन ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ्ग नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, सूर्या लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसपछि शिभम् सिमेण्ट र प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-03-13 15:00:00
JLI 621.50 10
ALICL 885.50 10
SLI 566.50 10
CORBL 549.40 9.98999
ENL 375.60 9.98536
RBCLPO 16,450.00 9.86442
SLICL 696.40 9.84227
MFIL 667.00 9.00474
SHIVM 1,251.00 8.78261
PICL 675.00 8.17308
View All

यस दिन १३ स्टकको मूल्य मात्र घटेको छ जसमध्ये अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।

Top Losers

Symbol LTP % Change
As of 2022-03-13 15:00:00
MMF1 8.93 -2.93478
PBD85 876.90 -1.98949
MEGAPO 118.00 -1.66667
KEF 9.28 -1.59067
NBLD85 840.00 -1.48939
SRBLD83 955.00 -1.06703
SRD80 950.00 -1.04167
API 510.00 -0.584795
UMRH 895.00 -0.444939
EICPO 444.00 -0.359066
View All

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आईसीएफसी फाइनान्सको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

 

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-13 15:00:00
SHIVM 343,650,954.10 1,251.00
API 301,730,570.00 510.00
ICFC 213,113,872.20 669.50
NTC 196,195,583.30 1,715.00
NLIC 194,672,693.60 1,274.00
HDL 129,347,526.10 4,040.00
AHPC 129,130,330.20 518.00
HIDCL 81,348,099.20 307.00
NIFRA 79,422,452.50 354.00
PPCL 77,521,047.20 445.00
View All

 

Share Now

Leave a comment.