Prakash Adhikari March 23, 2022

 

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलका अध्यक्ष मनोनित गर्नुभएको छ।

गत फागुन ३ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले देउवालाई भातृसंस्थाको नेतृत्व तोक्न अधिकार दिएको थियो। सोही अनुसार ुकांग्रेस सभापति देउवाले आज अध्यक्ष मनोनित गर्नुभएको हो।

कांग्रेस सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा दुजाङ शेर्पा र विद्वान गुरूङलाई मनोनयन गर्नुभएको हो।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा काठमाडौंका हुनुुहुन्छ भने नेपाल तरूण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरूङका हुनुुहुन्छ ।

दुवै अध्यक्षहरु कांग्रेस सभापति देउवानिकट मानिनुहुन्छ।

.दुवै भातृ संस्थाका अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ .तीनं महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्यादेश दिइएको छ।

यस हिसाबले २०७९ फागुनभित्र अधिवेशन सम्पन गरेर निर्वाचित कार्यसमितिलाई कार्य भार सुम्पनु पर्ने देखिन्छ ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते भएपनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन छिटोमा मंसिरमा हुनेछ ।

Share Now

Leave a comment.