Prakash Adhikari March 27, 2022

 

भरतपुर(चितवन), १३ चैत्र । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालबाट सेवा लिंदा सुविधा दिने भएको छ ।

बैंकले आफ्ना ग्राहकलाई यस अस्पतालबाट सुविधा दिने क्रममा एनसीसी बैंकका भिषा कार्ड तथा मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको छ ।

यस सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

Share Now

Leave a comment.