Prakash Adhikari March 29, 2022

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए ।

‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उहाँले भन्नुभयो ।

शीर्ष नेताहरुको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरुले व्यक्त गरेको भावनालाई समेट्ने गरी निर्णय गर्नका लागि केन्द्रिय समितिको बैठकपूर्व पार्टीका पदाधिकारी र शीर्ष नेताहरुको बैठक भएको थियो ।

आगामी स्थानीय तहको चुनावमा अन्य दलहरूसँग गठबन्धन गर्ने वा नगर्ने विषयमा दुई थरी मत देखिए पनि बहुसंख्यक सदस्यहरुले आवश्यकताको सिद्धान्त बमोजिम गठबन्धन गर्न सकिने विचार व्यक्त गरेकोले पदाधिकारी तथा शीर्ष नेतासम्मिलित बैठकले यस्तो उपाय निकालेको थियो ।

यो निर्णय गठबन्धन गर्न हुँदैन भन्ने र आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ भन्ने दुवै थरीको विचारलाई प्रतिनिधित्व गर्ने मध्यममार्गी भएको बताइन्छ ।

 

Share Now

Leave a comment.