सानेपा(ललितपुर), १५ चैत्र । नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी दुई महत्वपूर्ण समिति गठन गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ भने प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिनुहुने पार्टी प्रवक्ता डा.महतले जानकारी दिनुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकको जिम्मेवारी दिइसक्नु भएको छ ।


















