Prakash Adhikari March 30, 2022

 

कीर्तिपुर(काठमाडौं), १६ चैत्र । नेपालमा भैरहेको त्रिदेशीय टी २० क्रिकेट श्रृखला अन्तर्गत आज नेपाली टिमले मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरिसकेका छन् ।

श्रृखला अन्तरगत १४ चैत्रमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । पहिले ब्याटिड. गरको नेपालले ९ विकेटको क्षतिमा १ सय ८३ रन जोड्दै १ सय ८४ रनको लक्ष्य दिएको थियो । पपुवा न्युगिनीले २० ओभरको निर्धारित खेलमा जम्मा १ सय ६८ रन मात्र जोड्न सक्यो ।

त्यस्तै मंगलबार भएको खेलमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो ।

मलेशियाले पहिले ब्याटिड. गरेर ३ विकेटको क्षतिमा १ सय ८० रन जोड्
दै दिएको १ सय ८१ रनको लक्ष्य पपुवा न्युगिनीले हासिल गर्न सकेन । १९.३ ओभरमा अल आउट भएको पपुवा न्युगिनीले १ सय ७२ रन मात्र जोड्न सक्यो ।

हिजो र अस्तिका खेलहरुको विश्लेषण गर्दा पपुवा न्युगिनीसंगको खेलमा मलेशियाले भन्दा नेपालले बढी रन जोडेको देखिन्छ । यसैले पनि नेपाली खेलाडीहरु मलेशियालाई घरेलु मैदानमा पराजित गर्दै यो श्रृखला विजेता बन्न लालयित देखिन्छन् ।

पपुवा न्युगिनीसंगको दुवै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पराजित भएकोले नेपालको एक दिवसीय स्तर दुईतह ओर्लेको छ । यसैले टी २० मा आफ्नो स्तर बचाइराख्न पनि नेपाललाई यो श्रृखलामा विजय बन्न मनोवैज्ञानिक दवाव छ ।

गत वैशाखमा नेपालले मलेसियालाई टी यू मैदानमै ९ विकेट र ६९ रनले पराजित गरेको थियो ।

त्यस बेलाको नेपाल नेदरल्याण्ड्स र मलेशियाको त्रिदेशीय श्रृखालापछि दुवै टिमबीच प्रतिस्पर्धा भएको छैन् ।

नेपाल र मलेसिया ११ महिनापछि खेल्न लागेका हुन् ।

मलेसिया नेपालको लागि नौलो प्रतिद्वन्द्वी भने होइन ।
अहिलेसम्म टी२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेको छ ।

टी २० अन्तर्राष्ट्रिय मान्यता ६ खेल मध्ये नेपालले ५ खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

 

 

Share Now

Leave a comment.