काठमाडौं,२८ फागुन। राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रियसभा अध्यक्षका लागि आज निर्धारित मनोनयनको समयमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । उन िअध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभाको बैठकमा गरिनेछ ।
तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका थिए ।
राष्ट्रियसभा अध्यक्षमा निर्विरोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।
एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक रहेका तिमिल्सिना पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।
२०३६ सालदेखि बामपन्थी राजनीतिमा लागेका तिमिल्सना २०४१ सालमा पृथ्वी नारायण क्याम्पसको स्ववियू सचिव भएका थिए । २०४२सालको आन्दोलनमा जेल परेका उनले ओलीसँगै ४ बर्षे जेल जीवन बिताएका थिए ।