Prakash Adhikari March 13, 2018

लण्डन(यूके), २९ फागुन । मिसेस नेपाल यूके टीम २०१७’ ले भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ लन्डनमा च्यारिटी डिनर सम्पन्न गरेको छ ।

कार्यक्रमबाट करिब १० लाख रुपैयां संकलन भएको छ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी विशेष अतिथिको रुपमा आमन्त्रित थिए ।

‘मिसेस नेपाल यूके २०१७ प्रतियोगीहरुलाई ताज पहिर्‍याउने संस्थापक एबं लन्डन फेसन हाउस यूकेका प्रोप्राइटर मनिषा डंगोल श्रेष्ठ तथा यस सस्थाका सल्लाहकार पूर्व डिएसपी शिवजी श्रेष्ठको मुख्य संयोजनमा लन्डन फेसन हाउसको आयोजनामा मिसेस नेपाल यूके २०१७ का विजेता आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले च्यारिटी गरेका हुन् ।

च्यारिटी डिनर कार्यक्रममा ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहा मगर,पुनम गुरुगं, महासचिव आरके त्रिपाठी,सामूहिक लगानी विभागका संयोजक गंगा राना, धर्म विभाग प्रमुख होमनाथ पौडेल, यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्बासे, एसिएन महिला एसोसिएसन अध्यक्ष अमिता बेल्वासे ,पत्रकारहरु नबिन पोखरेल, श्याम लुइटेल ,बाचस्पति रेग्मी लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

पत्रकार शिव भण्डारी तथा कलाकार सुस्मिता थापाले सञ्चालन गरेको कार्यक्रममा आस्था जोशी र अमृता गिरी गजुरेलले च्यारिटीमा उपस्थित सम्पूर्णलाइ स्वागत गरेका थिए ।

मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठले सबैप्रति आभार व्यक्त गर्दै उक्त प्रतियोगिताको दोश्रो संस्करण छिट्टै शुरु गरिने जानकारी दिएकी थिएन ।

कार्यक्रममा गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्क पक्षघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था र आश्रित बालबालिकाको सम्बन्धमा पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए ।

कार्यक्रममा अन्जु श्रेष्ठको मिठो संगीत’ गिता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलले रुपै मोहनी नारान बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने आस्था जोशी, मन्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथानेले पनि नृत्य मनमोहक गरेका थिए।

Share Now

Leave a comment.