Prakash Adhikari April 2, 2022

 

ललितपुर, २० चैत्र । ३० वर्षमुनिका युवा महिला उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘समीट वुमन अफ दी इयर २०२२’ पुरस्कार स्वीट फिक्सकी संस्थापक कृतिका लम्सालले जित्नुभएको छ।

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुति रहेको ‘समीट वुमन अफ दी इयर २०२२’ पुरस्कारबाट स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आउनुभएकी लम्साललाई प्रदान गरिएको हो ।
विजेता लम्सालले शालिमार ज्वेलर्सका तर्फबाट एक लाख रुपैयाँ नगद र हिराको लकेट प्राप्त गर्नुभयो ।

त्यसैगरी, समिट वुमन अफ दी इयर २०२२ को उत्कृष्ट ७ मा रहन सफल ‘लुक्ला आउटडोर’की आङछेची शेर्पा, खानपिनकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक ईशा बल्ला, ग्लोकल एकाडेमी अफ स्किल्स प्रालिकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक काजोल झा ठाकुर, दी मल्ल इन्ककी सजल मल्ल, ह्याप्पी माइन्ड्स्की संस्थापक तथा प्रबन्ध निर्देशक श्रेया गिरी र बिहे नेपालकी सहसंस्थापक श्रेया कटुवाललाई पनि सम्मान गरिएको छ ।

आयोजक ओपन स्पेस नेटबर्ककी संस्थापक फैजा परवीनका अनुसार सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारका लागि आवेदन दिएका थिए ।

पुरस्कारको छनोट समितिमा आइएनजी ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, आइडिईका नेपाल निर्देशक कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिककी सञ्चालक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्की संस्थापक छाया शर्मा रहनुभएको थियो ।

नेटबर्ककी संस्थापक परवीनले युवा पुस्तालाई सिर्जनात्मक विचारका साथ व्यावसायिक नेतृत्वका लागि प्रेरित युवा महिला उद्यमीहरूलाई पुरस्कृत गरिएको बताउनुभयो ।

उहाँले ओपन स्पेस नेटवर्कले ‘उत्पादन र उत्पादन’, ‘उत्पादन र जनता’ र ‘जनता र जनता’ बीचको खाडललाई घटाउन काम गर्दै आएको उल्लेख गर्नुभयो ।

 

Share Now

Leave a comment.