Prakash Adhikari April 9, 2022

 

काठमाडौं, २५ चैत्र । नेपालभरका प्रतिरक्षी कानून व्यवसायीहरुको साझा संस्था नेपाल बार एशोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरे पूरै प्यानलसहित निर्वाचित हुनुभएको छ।

२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट उहाँ अध्यक्षका उम्मेदवार बन्नुभएको थियो।

शुक्रबार दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे ४ हजार ४ सय ७४ मत ल्याएर विजयी हुनुभएको हो

घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्षमा उठ्नुभएको थियो। उहाँले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको डेमोक्रेटिक लयर्स एसोसिएसनको नेतृत्व पनि सम्हाली सक्नुभएको छ ।

निर्वाचन अधिकृत सानुराज पोखरेलले घिमिरेको प्यानल नै निर्वाचित भएको बताउनुभयो।

बारको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका तर्फबाट उम्मेदवार बन्नुभएका अध्यक्षका उम्मेदवारले २ हजार ४ सय ८२ मत ल्याउनुभएको थियो ।

निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट उम्मेद्वारी दिनुभएकी अन्जिता खनाल महासचिवमा निर्वाचित हुनुभएको छ भने भरतबहादुर राउत कोषाध्यक्षमा निर्वाचित हुुनुभएको छ।

गत चैत १९ सम्पन्न बारको निर्वाचनको मतगणना शुक्रबार सम्पन्न भएको थियो।

 
 
 
 
 

 

 

 

Share Now

Leave a comment.