Prakash Adhikari April 10, 2022

काठमाडौं, २७ चैत्र । इन्टरनेशनल क्रिकेट काउन्सिल(आइसीसी) पुरूष टी २० वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा पुनस्थापित भएको छ।

नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५औं स्थानमा छन्।

टी २० वरियताको शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, चौथोमा दक्षिण अफ्रिका ,न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन्। वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छन्।

नेपालले पछिल्लो यहि महिना घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाबिरूद्धको त्रिदेशीय टी २० श्रृखलामा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो।

त्यसअघि नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो।

सेमिफाइनलमा भने नेपाल युएईसँग हारेको थियो। यहिँ खेलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल भएको थियो।

तेस्रो स्थानको लागि भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।

Share Now

Leave a comment.