Prakash Adhikari April 15, 2022

काठमाडौं, २ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेट परिषद्को वरियता क्रमर्मा ऐतिहासिक स्थान हासिल गरेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र १० औं स्थानमा छन्। यो नेपाली आईसीसी अन्तर्राष्ट्रिय वरीयतामा नेपाली खेलाडी प्राप्त गरेको हालसम्मकै ऐतिहासिक सफलता हो।

यसअघि सन् २०१९ मा नेपालका पूर्व कप्तान पारस खड्का अलराउन्डर वरितयताको २१ औं स्थान हासिल गर्न सफल भएका थिए।

अलराउन्डर वरियताको शीर्षस्थानमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी छन्। बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोइन अली तेस्रो र नामिबियाका जेजे स्मिथ चौथो र इङ्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौँ स्थानमा छन्।

त्यस्तै छैठौ स्थानमा युएईका रोहन मुस्तफा,सातौमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, आठौमा ओमानका जेशन मक्सूद, नवौंमा दक्षिण अफ्रिकाका अडिन मक्रम रहेका छन् ।

सायद 'X ICC Men's T20I AI... icc-cricket.com ICC MENU Last Updated 10. April 2022 POS PLAYER TEAM RATING Mohammad Nabi AFG 276 Shakib Al Hasan BAN Moeen Ali 232 ENG J.J. Smit 205 5 NAM 177 Liam Livingstone 6 ENG 171 Rohan Mustafa UAE 169 Glenn Maxwell AUS 167 Zeeshan Maqsood OMA 158 Aiden Markram SA 156 Dipendra Airee 11 NEP 152 Wanindu Hasaranga SL ↑' भन्ने पाठ को तस्बिर हुनसक्छ

दीपेन्द्रले अलराउन्डरतर्फ श्रीलंका स्पिनर वानिन्दु हसरंगा, जिम्बावेका सिङ विलियम्स, रायन बर्ल, अष्ट्रेलियाका मिचेल मार्श, नामिबियाका डेविड विजा र बंगलादेशका महमुदूल्लाह रियादलाई पछि पारेका छन्।

आईसीसीका अनुसार ब्याटिङतर्फ दीपेन्द्र ३८औँ, कुशल भुर्तेल ३६औँ र आरिफ शेख ९९औँ स्थानमा छन्।

टी २० अन्तर्राष्ट्रिय वरियतामा बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३८औँ स्थानमा छन् भने अभिनाश बोहरा ८६औँ स्थानमा छन्।

एकदिवसीय ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८३औँ स्थानमा छन् भने एकदिवसीय बलिङतर्फ सन्दीप ४८औँ स्थानमा छन्।

नेपाल टी–२० वरीयतामा १२औँ र एकदिवसीय वरीयतामा १८औँ स्थानमा छ।

Dipendra Singh Airee Archives - CricketingNepalWith Dipendra's first century, Nepal sets a target of 279 runs against PNG « Khabarhub

Share Now

Leave a comment.