Prakash Adhikari April 15, 2022

 

सानेपा(ललितपुर), २ बैशाख। नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रवार बस्दै छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

बैठकमा निर्वाचनमा पार्टीको संगठन परिचालन र गठबन्धनको साझा उम्मेदवारलाई जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सह महामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्।

 

काँग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

Share Now

Leave a comment.