काठमाडौं, ५ वैशाख। अब साउदी अरेबिया जाने नेपालीहरुले आफ्नै देशको राष्ट्रिय ध्वजाबाहक जहाज चढ्न पाउने भएका छन् । नेपाल वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै साउदी अरेबियामा नियमित र ब्यवसायिक उडान आरम्भ गर्न पाएकोमा हर्षित र गौरवान्वित भएको जनाएको छ ।
निगमले अप्रिल र मे महिनाका लागि काठमाडौं रियाद काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ ।

निगमको काठमाडौं रियाद उडान नं २१९१ र रियाद काठमाडौं २१९२ नम्बर हुनेछ ।
निगमले निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दम्माम र जेद्दामा पनि उडान गर्न अनुमति पाएको छ ।


















